
एजेन्सी / न्युजिल्यान्डमा बिहीबार ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा पर्छ। समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ।
एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।