ओलीविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस र जसपाको साथ

|

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै प्राकृतिक, न्यायोचित सही हुने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई नै साथ दिने बताए ।

पार्टी कार्यालय पेरिसडांडामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको विचको एकता नै प्राकृति हुन्छ, त्यो न्यायोचित र सही हुन्छ, त्यसतर्फ नै वेस जान्छ होला भन्ने मलाई लाग्छ।

अदालतले प्रतिगामी हो भनेर ठहर गरिसकेको छ । यो स्थितिमा प्रतिगमनकारीसँग मतियारी गरेर जानुहुन्छ भने त प्रतिगमनका मतियारी हुने स्थिति हुन्छ ।

पाण्डेले भने, उहाँहरु अर्को बाटोमा लाग्न सक्नुहुन्न, कि त प्रतिगनको मतियार हुनुपर्यो, हिजो अस्ति उहाँहरुले के भन्नुभएको छ ?

यो ओली जीको कदम प्रतिगामी कदम हो भन्नुभएको भनेर, विभिन्न रुपले जुलुस आनदोलनमा सहभागी हुनुभएको छ ।

त्यसकारण उहाँहरुले यो गल्ति गर्नु हुनेछैन । इतिहासको ठूलो भुलबाट जोगिने हो भने, उहाँहरु त्यो बाटोमा लाग्नु हुन्न ।

२०७७ फाल्गुन २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।