अफगानिस्तानमा टेलिभिजन स्टेशनमा तीन महिला कामदारको गोली हानी हत्या

|

अफगानिस्तानको जलालावादमा एक टेलिभिजन स्टेशनमा कार्यरत तीन महिलाको गोली हानी हत्या गरिएको छ।
तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।
स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ ।

घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले मुख्य बन्दुकधारी व्यक्तिलाई पक्राउ गरेको छ । उनको तालिवानसँग सम्बन्ध रहेको बताइएको छ ।
यद्यपि,तालिवानले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ।पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गर्नुभयो ।

गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।
अमेरिकाले यसअघि गरेको सम्झौता अनुसार आफ्ना सेना फिर्ता बोलाउने र अफ्गान सरकारको नियन्त्रणमा रहेका तालीवानी लडाकूहरु रिहा भएपछि तालिवानीहरुले पुन आक्रमणलाई तीव्र पारेका हुन् ।

२०७७ फाल्गुन १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।