विप्लव समूहसँग वार्ता गर्नको लागि बादलको नेतृत्वमा टोली गठन

|

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी गराउनुभएको हो ।

२०७७ फाल्गुन १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।