प्रचण्ड नेपाल पक्षका नेकपा नेता रघुजी पन्तले संसद कोमल ओली माथि गरेको भद्धा टिप्पणीको चर्को आलोचना भैरहको छ ।
तथाकथित नागरिक अभियन्ताका रुपमा समेत आफूलाई चिनाउनु भएका पन्तले सामाजिक सञ्जालमा सांसद ओलीप्रति लैंगिक अभिव्यक्ति दिनु भएको थियो ।
यसै सन्दर्भमा अभिनेत्री करिश्मा मानन्धरले रघुजीले कोमल माथि गरेको टिप्पणीको बिरोध गरेकी छिन् ।
अभिनेत्री करिश्मा मानन्धरले कोमल ओलीको समर्थनमा लेखेको फेसबुक स्टाटस :
ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका, ठुला ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काप्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परें ।
घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो । अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो ।
त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो । सुझाव दिन मन लाग्यो ।
आदरणीय,
पहिला आफुले आफुलाइ सम्मान गर्नुस्,अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ । छोरीचेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस् ।