
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा थप ३ महिना अमेरिका आउन प्रतिबन्ध लगाएका स्थायी आवासीय पत्र मार्फत प्रवेशाज्ञा पाएका समेत नेपालीहरु अब अमेरिका आउन पाउने भएका
छन् ।
ट्रम्पले महामारीको कारण अमेरिकी जनता नै बेरोजगारी र काम नपाउने भन्दै डिसेम्बर ३१,२०२१ सम्म प्रतिबन्ध गरेकोलिई मार्च ३१ सम्म लम्ब्याएका थिए ।
यस अन्तर्गत विविधता चिट्ठा पाई कैयौ महिना देखि अमेरिका आउन प्रतिक्षा गरि रहेका र अड्किएका नेपालीहरुलाई अब बाटो खुलेको छ ।
फेब्रुअरी २४ बुधबारका दिन राष्ट्रपति जो बाइडेनले ट्रम्पले मार्च ३१ सम्म लगाएको प्रतिवन्धलिई खारेज गरि दिएका छन् ।
अर्थात् ट्रम्पले लगाएको प्रतिवन्ध बाइडेनले खुला गरि दिएका छन्, यो सुखद खबरले प्रतिक्षामा रहेका सबै नेपालीहरुमा हर्ष छाएको छ ।