टाइगर वुडले द्रुतगतिमा गाडी चलाउँदा दुर्घटना,दुवै खुट्टामा गम्भीर चोटपटक

|

बिश्व प्रसिद्ध गल्फ खेलका अमेरिकन खेलाडीको गाडी दुर्घटनामा परेको छ । प्रहरीका अनुसार राजमार्गमा केही अवरोध नुहुदा उनको गाडी दुर्घटनामा परेको हो । उनसे
उक्त राजमार्गमा छिटो गतिमा गाडी कुदाएको हुनाले दुर्घटना भएको प्रहरीको भवाई रहेको छ।

दुर्घटनाको खबर पाए पछि पहिला लस एन्जेलसका प्रहरी सहायक कार्लोस गोन्जालेज त्यहा पुगेका थिए । उक्त समयमा उनि आफै उठन सकेका थिएनन् ।
दुर्घटना मंगलबार बिहान स्थानीय समय अनुसार ७:१२ मिनेटको समयमा छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अग्नि नियन्त्रण तथा उद्धार टोलीका अनुसार वुड गाडीमा च्यापिएका थिए तर उनि बेहोस भएका थिएनन्।

उनलाई उनका कमर्चारीले बाहिर निकालेका थिए । उनले चलाएको सवारी साधन एसयुभि जेनेसिस २०२१ को रहेको बुझिएको छ । उनलाई हार्बर -युसिएलए चिकित्सा केन्द्रमा भर्ना गरिएको छ ।

उनको गाडी सयौ फिट सडक भन्दा मुनि बलड्याङ्ग खाएको थियो । उक्त सडक भिरालो र तल माथि भएको कारण तिब्र गतिमा चलाईएकोले दुर्घटना भएको प्रहरीले बताएका छन् ।
उनको खुट्टा भाचिएको छ भने उनको अवस्था चिन्ताजनक नभएको प्रहरीले बताएका छ ।

श्रोत :सिएनएन
तस्वीर : (सामाजिक संजालबाट साभार )

२०७७ फाल्गुन ११, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।