नेपाल फिल्म सोसाईटी युएसए बाट आर्थिक सहयोग

|

नेपाल फिल्म सोसाईटी युएसए बाट लामो समय देखि बिरामी परेर तथा आर्थिक कठिनाइ भोगी रहेका २ जना चलचित्र प्राविधिकलाई जनही रु. १६००० आर्थिक सहयोग गरिएको छ।

३० बर्ष चलचित्र क्षेत्रमा ड्रेसम्यान काम गरेका कमल मिश्र र ४० बर्ष ड्रेसम्यान, कलामा काम गरेका उद्धव राज भट्टराईलाई जनहि रु. १६००० दरले सहयोग गरिएको नेपाल फिल्म सोसाईटी युएसएका अध्यक्ष नबराज श्रेष्ठले जानकारी गराएका छन्।

नेपाल फिल्म सोसाईटी युएसएका अध्यक्ष नबराज श्रेष्ठ, बिक्रान्त बस्नेत, दिनेश कार्की, हरि उप्रेती, राज कुमार काफ्ले, डिपि शर्मा धौरालि, डा. रानी शाक्य, कृष्ण सुनार, रायन रायस, शंकरराज वाग्ले र किकि शर्माले उक्त रकम नेपाल फिल्म सोसाईटी युएसए बाट सहयोग गरेका थिए।

नेपाल फिल्म सोसाईटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बिरामी प्राबिधिकहरुको घरमा नै पुगेर रकम हस्तान्तरण गरेका थिए भने उक्त कार्यक्रममा प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द संघका अध्यक्ष नारायण प्रधान, कलाकार राजेश बिसुराल, गायक शंकर लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो। 

रकम हस्तारण गर्दै लामो समय देखि चलचित्र क्षेत्रमा कार्य गर्दै आएका मिश्र र भट्टराईलाई यसरि सहयोग गर्न पाउँदा खुसि लागेको र आगामी दिनहरुमा समेत यसरीनै सहयोग गर्दै जाने कुरा कृष्ण मल्लले बताए।

२०७७ फाल्गुन ९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।