
टेक्सास राज्यको ह्युष्टन शहरमा असामयिक निधन भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शवलाई नेपाल पठाउने प्रकृया सुरु भएको छ । शवलाई नेपाल पठाउन गोफन्डमार्फत आर्थिक रक़म संकलन गरिदैछ।
अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको थियो । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने यकिन भने हुन सकेको छैन ।
झापाको वुधवारे घर भएका प्रमोदले काम र अध्ययनलाई संगसंगै अगाडि वढाउंदै आएका थिए । झापामा रहेको स्वर्गीय प्रमोदको परिवारले शवलाई नेपाल पठाइदिन आग्रह गरे अनुरुप एशोसियसन अफ ह्युष्टनले गोफण्ड खाता खोलेर तत्कालै प्रकृया अगाडि वढाएको हो ।
पोष्टमार्टम रिपोर्ट आउनासाथ स्वर्गीय प्रमोदको शवलाई स्थानीय फनेरल होममा लैजाने र सवै प्रकृया पुरा गरेर शवलाई यथाशक्य चाँडो नेपाल पठाउने तयारी भैरहेको जानकारी सामाजिक संजाल मार्फत प्राप्त भएको छ ।
गोफण्डको यो लिंकमा क्लिक गरेर स्वर्गीय प्रमोदको शवलाई नेपाल पठाउन सहयोग गर्नुहोला