जानी राखौ टिमुरको ७ फाईदाहरु

|

टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । बास्नादार टिमुरलाई मसलाका रूपमा लिइन्छ । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क भनिन्छ ।

यसको बिरुवामा काँडैकाँडा हुनुकासाथै यसका फलहरू स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । 

फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ ।

१.आयुर्वेदका अनुसार टिमुरले उच्च रक्तचापलाई नियन्त्रण गर्छ भने कलेजोको सुरक्षा गर्छ। 

२.त्यस्तै ‘फुड पोइजनिङ’ हटाउँछ। 

३.टिमुरले दाँतको सुरक्षा गर्छ समेत भनिन्छ।

४.टिमुरबाट रसायन निकालेर हामीले अनुसन्धान गर्दा यसले मधुमेह र रक्तचापलाई नियन्त्रण गर्छ ।

५.यसले कलेजोको पनि सुरक्षा गर्छ । 

६.दाँत कीराले खाएको अवस्थामा पनि टिमुर धेरै उपयोगी हुन्छ। 

७.टिमुर र टिमुरबाट निस्किएको रसायनले दाँत कीरा लाग्ने व्याक्टेरियालाई मारेको ९४ प्रतिशत भेटिएको छ।

२०७७ फाल्गुन ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।