आफ्नो चरित्र हत्या गर्ने विनयजंग विरुद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी

|

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् । सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए। जाहेरी दर्ता भइसकेको छ।

प्रहरीले उनको खोजी गरिरहेको छ। सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए। उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिदै चरित्र हत्या गर्दै आईरहेका थिए। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। र बस्नेतले सपनालाई आफ्नो छोरी बनाएको थिए र म्याग्दीबाट काठमाडौं आएकी सपना  बस्नेतसँगै बस्थिन्। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

२०७७ फाल्गुन २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।