देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो : प्रधानमन्त्री ओली

|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका कुनै पनि निकायले सरकारको दबाब खेप्नुनपर्ने दृढता राख्नुभएको छ ।
उहाँले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव समेत दिनु भएको छ ।

अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिनुभयो । देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो,उहाले भन्नुभयो, त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ ।

सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्ने अवसर दिन्छ । कसैले टाउकोको माया छ की छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन, उहाँले भन्नुभयो,
त्यस्ता व्यक्तिले धाक लगाउने, तर्साउने मात्रै हो । बुख्याँचा जस्तो तर्साउनेले केही गर्न सक्दैन ।

अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताउदै भन्नुभयो, अख्तियार निष्पक्ष हुनुपर्छ ।
उसले अनावश्यक रुपमा गलत मनसायका रुपमा कहिँ हात हाल्नु हुदैन । तर, अनियमितता भएका ठाउँमा जो कोही भएपनि छाड्नु हुन्न ।

२०७७ माघ २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।