तामाङ समुदायले भर्चुअल ल्होछार मनाउदै : डोल्मा लामा

|

ल्होछार परम्परा मूल त नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व हो ।

तामाङ जातिको सामाजिक, साँस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ सँस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको सँस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, साँस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्वित गर्दछ ।

ल्हो”को अर्थ साल, सम्बत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो ।
बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा त अझ यसको ज्यादै ठूलो साँस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङ लगायतका समुदायहरु यसलाई ल्हो(रितु) फिर्ने दिनका रुपमा मात्र होइन मुलतः आफ्नो महान् साँस्कृतिक चाड र सभ्यताका रुपमा मान्दछन् ।

यसले तामाङ समुदायलाई उत्तरी सभ्यतासँग सांस्कृतिक निकटता/सामिप्यता रहेको देखाउँछ भने ल्होछारको अवसरमा तामाङ झाँकी प्रदर्शन, तामाङ सेलो, म्हेन्दोमाया जस्ता गीत, नृत्य प्रस्तुत गरेर वर्ष दिनभरिको दुःख बिर्सने हुँदा यसले विशेष सांस्कृतिक महत्व राख्दछ तर यसबर्ष भने “राष्ट्रीय जनगणना-२०७८ मा तामाङ जाति, तामाङ भाषा र बौद्घ धर्म लेखाऔ, कोभिड-१९ को महामारीमा सोनाम ल्होछार-२८५७ घरघरमा भव्यरुपले मनाऔ” भन्ने नारा सहित तामाङ जाति र संघ संस्थाले विश्वभर भर्चुल ल्होछार मनाउन लागि रहेका छन् ।

तामाङ सोसाइटी अफ नर्थ अमेरिका ले पनि फेब्रुअरी ६ शनिवार को दिन समुदाय का केहि संघ संगठन हरु बिच भर्चुल शुभकामना आदान-प्रदान गर्वे कार्यक्रम सम्पन्न गरिएको छ र तामाङ सोसाइटी अमेरिका , तामाङ कोओप्रेशन सोसाइटी क्यालिफोर्निया लगायतका संस्था हरुले भर्चुल कार्यक्रम पनि आयोजना गरिदै छ ।
तर परिस्थिति भने अलि भिन्न रहेको छ,यो बर्षको ल्होछार अति साबधानी पुर्वक सुरक्षित भई घरमा नै बसी खुसी साटासाट गर्दै मनाउन बाध्य पनि छौ ।

अन्तमा, यो बर्षको ल्होछार अति साबधानी पुर्वक मनाउनु पर्ने भएकोले आफु पनि बॉचौ र अरुलाई पनि सुरक्षित राखौ भन्ने भावना सहित घरमा नै बसी पारिवारिक बाताबरणमा मनाऔ भन्ने सन्देशका साथ सबैलाई सोनाम ल्होछार– २८५७ को अवसरमा हार्दिक शुभकामना (ज्यावाडान्बा)
थुजेछे, फ्याफूल्ला ..

महासचिव,डोल्मा लामा
तामाङ सोसाइटी अफ उत्तर अमेरिका

२०७७ माघ २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।