ओली पक्षका युवा–विद्यार्थीको मार्चपास, सर्वसाधारण र विद्यार्थीको उद्दार

|

काठमाडौं । भोलि हुने जनसभाको तयारीस्वरुप केपी शर्मा ओली नेतृत्वको नेकपाका युवा–विद्यार्थीले काठमाडौंमा मार्चपास गरेका छन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय गरेका हुन् ।

आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गरेका हुन् ।

मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन् ।

यसैबीच ओली पक्षधर अनेरास्ववियूले आम हड्तालका कारण परीक्षामा दिन समस्यामा परेका र अन्य सर्वसाधारणलाई सघाउन मोटरसाइकलसहित स्वयंसेवीहरु खटाएको छ ।

बिहानैदेखि ओली पक्षधर समुहको नेतृत्वमा स्वयंसेवकले सर्वसाधारण र विद्यार्थीको उद्दार गरिरहेका छन् ।

तस्वीर: सामाजिक संजालबाट

२०७७ माघ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।