नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला

|

नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज एंव नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले मृत अवस्थामा भेटिएका छन् । मसाल जुलुसबाट फर्कंदै गरेका वाग्ले बुधवार राती ९ बजेतिर बरहथवा नगरपालिका ९ स्थित सोल्टीमोडमा मृत भेटिएका हुन् ।

नेकपामा इमान्दार वैचारिक नेताको छवि बनाएका वाग्ले पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका नेता हुन् ।
उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जनाएको छ।

हेल्मेट लगाएर आफ्नै मोटरसाइकलमा अचेत अवस्थामा भेटिएकाले उनको सवारी दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीकोअनुमान छ ।

तस्वीर : सामाजिक संजालबाट

२०७७ माघ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।