
नेकपा प्रचण्ड–नेपाल समूहबाट आज आमहड्ताल आव्हान गरेको छ, यस समुहका बन्दकर्ताहरुले बिहानैदेखि गाडी तोडफोड र आगजनीगरेका छन् ।
काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।
आमहड्तालको अवज्ञा गरेको भन्दै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा तोडफोड र आगजनी भएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्जनभन्दा बढी गाडी तोडफोड भएका छन् ।
उपत्यकाबाट जवर्जस्ती बन्द गराएको,सवारी साधन चल्न नदिएको भन्दै ३५ जनाभन्दा बढी पक्राउ परेका छन् ।
तस्वीर : सामाजिक संजालबाट