म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध माइतीघरमा नागरिक समाजको प्रदर्शन 

|

म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध बृहत् नागरिक समाजले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरे जस्तै नेपालमा पनि हुनसक्ने भन्दै नागरिक आन्दोलनका अगुवाले प्रदर्शन गरेका हुन् ।

म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल पनि घोषणा पछि 

म्यानमारमा आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ ।

अगुवाहरुले माघ २३ गते सत्तामा रहेको प्रधानमन्त्रीले पनी शक्ति प्रदशन गर्ने भएपछि नेपालमा पनि कू हुनसक्ने संकेत देखिन थालेको आशंका गरेका छन् ।

तस्वीर : सामाजिक संजालबाट

२०७७ माघ १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।