
सोमबार मध्यराति १० युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारले सुसज्जित बख्तरबन्द गाडी सडकमा निस्कियो तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो ।
वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । यद्यपि कतिपयले जनस्तरसम्म बख्तरबन्दले के सन्देश दिन खोजेको हो भन्ने खालको चर्चा भएका छन् ।
तर, सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको जानकारी दिए ।
सेनाको तर्कअनुसार व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नुपर्ने हुन्छ ।
त्यसका लागि रातिको समयमा सैन्य गाडी सडकमा निकालिएको बताइएको छ र सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको हो ।
तस्वीर : सामाजिक संजालबाट