ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसका १३ भातृ संगठनको अपिल 

|

नेपाली कांग्रेसका भातृ संगठनहरूले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन्।

१३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै सोमबार एकसाथ प्रदर्शन गरिने नेपाली कांग्रेसले जनाएको छ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले सबै नागरिकलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

२०७७ माघ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।