नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल माइतीघर मण्डलामा धर्ना

|

प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् ।

मूलसडकमै जारी धर्नाका लागि अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएका हुन् । 

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् ।

ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन र जनसभा गर्दै आएको छ ।

ओली पक्षले पनि प्रचण्ड–नेपाल समूहको जवाफी शैलीमा जनसभा र प्रदर्शन गर्दै आएका छन् । यद्यपि ओली पक्षले भने सडकमा उठेको भ्रम चिर्दै चुनावी वातावरण बनाउन सभा गर्दै आएको बताएका छन् ।

२०७७ माघ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।