बलिउडका अभिनेतामा दर्शकले अत्यधिक रुचाइएका अभिनेता हुन् रणवीर सिंह । उनले अभिनय गरेको फिल्मको खुलेरै प्रशंसा हुने गरेको छ ।
उनै अभिनेता रणवीर अहिले फिल्म ‘सर्कस’को छायांकनमा व्यस्त रहेका छन् ।
फिल्मलाई रोहित सेट्टीले निर्देशन गरिरहेका छन् ।
यसैफिल्मबाट अभिनेता रणवीरले यो फिल्मका लागि ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको छ। फिल्म ‘सिम्बा’ पछि दोश्रो सहकार्य गरेका रोहित र रणवीरले दोस्रो फिल्मबाट पारिश्रमकि बढाएका हुन्।
आफ्ना अघिल्ला चलचित्रहरु बक्स अफिसमा सफल भएपछि रणवीरले पारिश्रमिक बढाएका हुन् । यो चलचित्रका लागि रणवीरले ७५ दिनको समय दिनेछन् ।
फिल्म ‘सर्कस’ को सेट लामो समय लगाएर निर्माण गरिएको छ। अहिले यसैको छायांकन भैरहेको छ ।
फिल्ममा रणवीरलाई दोहोरो भूमिकामा हेर्न पाइनेछ ।अभिनेता सिंहले यो फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएको भारतीय मिडियाले चर्चा गरेका छन् ।