संसद विघटनविरुद्ध मुद्दामा संवैधानिक इजलासमा बहस शुरु

|

संसद विघटनविरुद्ध मुद्दामा आइतबार पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

झन्डै एक साताअघि देखि संवैधानिक इजलासमा विघटनविरुद्ध निवेदकको तर्फबाट बहस निरन्तर भइरहेको छ । आजको बहस सुरु हुनासाथ वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्रीले सर्वोच्च अदालतमा तमासा भनेको भन्ने विषय उठाउनु भएको थियो । तर बाहिरिया कुरालाई प्रवेश नगराउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रुलिङ गर्नुभएको थियो ।

यसपछि अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रबारे प्रश्न गर्दा महान्यायाधिवक्ता अग्नि खरेलले माग भएपछि झिकाइएको भन्दै प्रतिवाद गर्नुभयो ।

यसअघि गत शुक्रबार निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताहरुले विघटनसम्बन्धी मुद्दालाई राजनीतिक रुपमा मात्र हेर्न नमिल्ने भन्दै संवैधानिक हिसाबले समेत गम्भीर विश्लेषण गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनको विषय राजपत्रमा प्रकाशन हुनुपर्ने षिषय उठेपछि महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गर्नु भएको थियो । सबैजसो बहसकर्ताले बहस लामो गर्न थालेपछि एकजनाका लागि ३० मिनेटको समयसीमा समेत निर्धारण गरिएको छ ।

२०७७ माघ ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।