राष्ट्रपति बाइडेन र कमला ह्यारिसले सपथ ग्रहण गर्दै कार्यभार सम्हाले 

|

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

 ४६ औं राष्ट्रपतिमा जो बाइडेन औपचारिक रुपमा बहाल भएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले बुधबार सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सबाट सपथ लिएका छन् ।

बाइडेनसॅगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला, अफ्रिकन-एसियन महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्।

राष्ट्रपतिको सपथ लिएसॅगै बाइडेनले अमेरिकाको इतिहासमै सबैभन्दा पाका उमेरको राष्ट्रपतिको रेकर्ड राखेका छम् । उनी ७७ वर्षका भए । बाइडेनले सबैभन्दा कम उमेरमा सिनेटर भएका ब्यक्ति पनि हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले बुधवार बिहान राष्ट्रपति भवन ह्वाइट हाउस छाडेका थिए । निर्वाचनमा हार नस्वीकारेका ट्रम्प बाइडेनको सपथ ग्रहण कार्यक्रममा पनि सहभागी भएनन्।

राष्ट्रपति बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए। त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य ठानेका थिए। त्यसको ३५ वर्षपछि उनी राष्ट्रपति भएका छन् ।

उनले संविधानको रक्षा गर्ने, सत्य बोल्ने र स्वार्थ बिना जनताको नेतृत्व गर्ने वचन दिएर “पवित्र शपथ” लिएर आफ्नो भाषण समापन गरे ।

“म तपाईसँग सँधै स्तरमा राख्नेछु। म संविधानको रक्षा गर्नेछु। म हाम्रो प्रजातन्त्रको रक्षा गर्नेछु। अमेरिकालाई बचाउनेछु,”बाइडेनले भने।

२०७७ माघ ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।