भोलि जनवरी २० नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने जनाइएको छ ।
वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण कार्यक्रम राखिएको छ । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन्।
सपथग्रहण समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा झण्डै २ लाख झण्डाहरु फहराइने भएको छ ।
सपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउनेछ । राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।

सपथग्रहणमा जो बाइडेनले भन्नेछन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।