कमला ह्यारिसले सपथ ग्रहण गर्दै

|

कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिश सोनिया सोटोमेयोरबाट सपथ ग्रहण गर्दै निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिश सोनिया सोटोमेयोरद्वारा सपथ लिने भएकी छिन् ।

आगामी जनवरी २० बुधबारका दिन न्यायाधिश सोटोमेयोरले कमलालाई सपथ ग्रहण दिलाउने छिन्। अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने कमला ईतिहासकै प्रथम अस्वेत ,प्रथम दक्षिण एसियाली तथा प्रथम अमेरिकी महिला हुन् । ह्यारिसले महिला न्यायाधिश सोटोमेयोरलाई आफै चुनेकी हुन ।

उनले सपथ ग्रहणमा दुईवटा बाइबलबाट छोएर सपथ ग्रहण गर्न छिन् । जस मध्ये अमेरिकामा सर्वोच्च अदालतका मनोनित भएका प्रथम अस्वेत न्यायाधिश थरगुड मार्शलले प्रयोग गर्ने एक बाइबल हुनेछ । ह्यारिसले अमेरिकी सर्वोच्च अदालतमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाबाट नियुक्त भएकी प्रथम लेटिन (स्पेनेली) न्यायधिश सोटोमेयोरबाट सपथ लिने छिन् ।

सोटोमेयोरले सन् २०१३ उप राष्ट्रपति जो बाइ डेनलाई उप राष्ट्रपतिको रूपमा शपथ गराएकी थिइन् ।

२०७७ माघ ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।