पठाओ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने 

|

हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनी ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो ।

दुर्घटना वीमाबारे जानकारी दिँदै पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गर्नुभयो । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबैको जीवन सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टीको शुरुवात गरेको छ ।

सञ्चालक बस्नेतका अनुसार अब पठाओ प्रयोगकर्ता मोटरसाइकल तथा ट्याक्सी चालक र यात्रु दुबैको अधिकतम ६ लाखको दुर्घटना वीमा हुनेछ । मोटरसाइकलमा सवार राइडर र एक यात्रुको वीमा हुनेछ भने, ट्याक्सीमा एक चालक र पछाडि बस्ने सबै जनाको वीमा हुनेछ ।

२०७७ माघ ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।