बाँकेका लाखे र श्रेष्ठको जोडिलाई स्वर्ण

|

सिराहा / १२ वर्षपछि मैदानमा ओर्लिएका नेपालगन्जका ब्याडमिन्टन खेलाडी अनिल लाखेको जोडिले १०औंं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल तर्फमा स्वर्ण पदक जितेको छ । सिराहाको गोल बजारमा आइतबार भएको भेट्रान्स डबलको सेमिफाइनलको खेलमा पोखराका शोभाखर भण्डारी र नविन पराजुलीको जोडिलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

लाखे र सुवाश श्रेष्ठको जोडिले २१–१५, २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । प्रतियोगितामा देशभरबाट ३ सय जना खेलाडीको सहभागिता रहेको थियो ।भेट्रान्स डबलमा उपाधि सँगै लाखे र श्रेष्ठको जोडिले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

२०७७ माघ ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।