एनआरएनए अमेरिकाज क्षेत्रले महिलाहरुको आवाज टक -शो श्रृंखला शुरु गर्दै 

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ।

बहसको पहिलो भाग जनवरी १७, २०२१ आइतबार हुने भएको छ।

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको आयोजनामा हुने यस कार्यक्रममा  बिभिन्न कारणले सामाजिक  क्षेत्रमा अनेकौँ समस्या भोगीरहेका उनिहरुको दबिएको आवाजलाई  सुन्दै बूलन्द बनाउन  उचित सहयोग को हात बढाउन के गर्न सकिन्छ भन्ने भुमीकाबारे यस  प्लेटफ़र्म सहायक हुने अपेक्षा गरिएको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले जानकारी दिनुभएको छ।

साथै नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताउनु भएको छ।

महिलाहरुको आवाज “ नामक टक -शो श्रृंखला यस कार्यक्रममा महिला र युवाको एन आर एन मा भूमिका र नेतृत्वको अपरिहार्यतालाई मध्य नजर गरि शुरुवात गर्न लागिएको हो र  बिभिन्न शिक्षण संस्था, व्यवसाय समाजसेवा तथा क्षेत्रहरु मार्फत समाजलाई नेतृत्व र प्रेरणा बढाउन सफल महिला दिदिबहिनीहरुको ज्ञान, सिप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै यस क्षेत्रमा रहनुहुने आम नेपाली प्रवासि  महिलाहरुलाई हित गर्ने यसको प्रमुख उद्देश्य हो।

अमेरिकाज क्षेत्रले आयोजना गरेको कार्यक्रमको पहिलो बहस जनवरी १७, २०२१ आइतबार भर्चुल  माध्यमबाट हुनेछ।

कार्यक्रम:

जनवरी 17, 2021 आईतबार

12:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting

https://us02web.zoom.us/j/87896267347…

Meeting ID: 878 9626 7347

Passcode: 757786

२०७७ माघ २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।