बाइडेनले कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव

|

निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण नै नगरी अमेरिकी जनतालाई जर्जियामा सार्वजनिक रुपमा बोलेको कुरा पुर्याउने भएका छन्। गत जनवरी ५ का दिन ईतिहास कै सर्वाधिक प्रतिस्पर्द्धा रहेको दुई वटा सिनेटको लागि उम्मेदवार दिएका डेमोक्र्याटिकका आफ्ना उम्मेदवारहरुको प्रचारमा जनवरी ४ का दिन भ्रमण गर्दा उनले हामीलाई मतदान दिएमा २ हजार डलर दिने बचन दिएका थिए ।

जर्जियामा डेमोक्र्याटिकका राफेल वार्नक तथा जोन ओसोफ बिजयी भएका छन् । उनीहरुले रिपब्लिकनका सिनेटर केली लोफ्लर तथा डेविड पर्डुलाई हराएका थिए । अब सिनेटमा डेमोक्रेटको बहुमत हुने भएकोले पारित गर्न सरल समेत हुनाले आज बिहिबार साँझ जनवरी १४ का दिन जो बाइडेनले १.९ ट्रीलियन (खर्ब डलर)को कोभिड राहत योजना प्रस्ताव खुलासा गरेका छन् ।

बाइडेनका अनुसार १४ सय डलर सिधैखातामा जम्मा हुने र कूल २ हजार डलर पुर्याइने छ ।

गत डिसेम्बरमा ६ सय डलर कोरोना राहत सहयोग खातामै जम्मा हुनेगरी पठाई सकिएको छ भने अब बाकि १४ सय डलर सिधा खातामा जम्मा हुनेछ ।

साथै न्युनतम १५ डलर प्रति घण्टा पुर्याउने,राज्य र स्थानीय सरकारलाई ३५० बिलियन डलर,बिद्यालयहरुलाई १७० बिलियन,,कोभिड-१९को राहत सहयोगको लागि ५० बिलियन डलर लगायत गरेर कूल १.९ खर्ब डलरको योजना प्रस्तुत गरेका छन् ।
उक्त प्रस्तावलाई अमेरिकन उद्धार योजना नामाकरण गरिएको छ । उक्त योजना भित्र धेरैकुराहरु समेटिएका छन् ।

२०७७ माघ २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।