
पौष २७ गते तदनुसार जनवरी ११, २०२१ मा अमेरिका स्थित क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा २९९ औँ पृथ्वी जयन्ती सम्पन्न भएको छ।
भर्चुअल जूम मिटिङ मार्फत भएको सो समारोहमा बिभिन्न वक्ताहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रती भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै नेपाल र नेपालीको अस्तित्वमा उहाँको अमुल्य योगदानको चर्चा गर्दै उहाँलाई केवल एक राजाको रुपमा नहेरी एक प्रखर चिन्तक तथा देशभक्त तथा दूरदर्शी राजनेताको रुपमा हेरिन पर्ने वताएका छन्।
“वीर पुर्खाहरुको सम्मान गरौँ” भन्ने नाराका साथ सम्पन्न हुँदै आएको सो कार्यक्रमका आयोजना मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली लगायतका स्थानीय संघ संस्थाहरुको संयुक्त आयोजनामा गरिएको थियो ।
आयोजक संस्थाहरुले संयुक्त रुपमा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीहरुले हामी नेपाली हौँ, आजको नेपाल निर्माणको सूत्रधार उनै हुन् ।
यस आधारमा उनलाई सम्झनु हामी सबैको साझा कर्तव्य हो भन्दै सबैले सम्मान गर्न पर्ने बताए। कार्यक्रमकको प्रमुख अतिथि समाजसेवी उत्तम कार्कीको आतिथ्यमा सम्पन्न भएको थियो। सो समारोहको सन्चालन सामाजिक अभियन्ता चन्द्र धितालले गर्नु भएको र बिषिष्ट अतिथिको आसनबाट महावाणिज्य दूत ॠषि ढकाल तथा सम्मानित समाजसेवी बिष्णु सुवेदीले सम्बोधन गर्नु भएको थियो।
कार्यक्रमका सभापति एन ए जि सि का अध्यक्ष मणी नेपाली पनेरुले सहभागी सबैलाई धन्यवाद दिँदै समापन गरिएको कार्यक्रम समय सान्दर्भिक, शिक्षाप्रद र सन्देश मुलक भएको पर्यवेक्षकहरु बताउँछन्।