स्वर्गीय श्याम थापा फुटबल प्रतियोगिता पुस २७ देखि संचालन हुने

|

नेपालगन्ज /  पुसको २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता–२०७७ हुने भएको छ । आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी खजुरा गाउँपलिका–१, सैनिकमा उक्त प्रतियोगिता संचालन हुने जानकारी दएको हो ।

यसै क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी श्याम थापाको स्मृतिमा उक्त प्रतियोगिता संचालन हुने भएको हो । फुटबलको माध्यमबाट यस क्षेत्रका गाउँ, जिल्ला, क्षेत्र र देशलाई चिनाउने काम गरेका थापा बाँकेको फुटबल क्षेत्रका हस्तीका रुपमा गनिने खेलाडी हुन् ।

थापाको सम्मानलाई थप गर्विलो बनाउने उद्देशयले उक्त प्रतियोगिताको संचालन गरिन लागिएको हो । आगामी मंगलबारदेखि सुरु हुने प्रतियोगिता भारतिय दुई क्लबसहित १४ क्लबको पक्का भइसकेकोे आयोजक समितिले जनाएको छ । जसमा मुसुरिया फुटबल एकेडेमी, कैलाली, राजापुर, बर्दिया, युएनविसि, दाङ, एसएसएफय, दाङ, गुर्माकोट, सुर्खेत, चन्द्रनाथ, जुम्ला, सिटि युथ एकेडेमी, कोहलपुर आउने भएका हुन् ।

साथै न्यू डाँफे स्पोर्टस्, डि गाउँ, धम्बोझी स्पोेर्टस् क्लब, नेपालगन्ज, साहारा एफ सी, लखनऊ, साहारा एकेडेमी, लखनऊ, जय किसान स्पोर्टस् क्लब, सैनिक र गौरीगंगा, धनगढीपनि समेल रहेका छन् । जयकिसान स्पोर्टस् क्लब र खजुरा गाउँपालिकाले आयोजना गर्ने स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता माघ ५ गतेसम्म संचालन हुनेछ । उक्त प्रतियोगिता मैटहवा माविको फुटबल मैदान हुनेछ ।
प्रतियोगितामा बाँके जिल्लाका क्लबहरुलाई प्राथमिकतामा राखिएको छ । अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार राशी पाउने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेताले ५५ हजार पाउने छन् ।

खेलमा बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले १५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माचिरिङ शेर्पाले गर्नेछन् । प्रतियोगितामा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान उपेन्द्रमान सिंहको पनि उपस्थिति रहनेछ ।

२०७७ पुष २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।