नेपाल युवा परिषदको “एक ब्यक्ति एक बिरुवा” अभियान सम्पन्न ( भिडियो सहित )

|

बुटवल / बिश्व वातावरण दिवस अर्थात जुन ५ को अवसरमा नेपाल युवा परिषद, रुपन्देही शाखाको आयोजना तथा नेपाल युवा परिषद प्रदेश नं.५, युथ क्यान र तुनजा ईको जेनेरेशनको सहयोगमा “एक ब्यक्ति एक बिरुवा“ ब्यापक रुपमा देशैभरि सम्पन्न भएको छ । सो “एक ब्यक्ति एक बिरुवा“ अभियान नेपालमा लकडाउनको अवस्थामा सामाजिक दुरी कायम गरि सो अभियान सन्चालन गर्न स्मृति ज्ञवाली, सन्ध्या अधिकारी,समिक्षा पाण्डे र मिना पाण्डेले अभियानलाई सहकार्य गरि अगाडि बढाउनु भएको थियो । नेपालका विभिन्न जिल्लामा सो अभियान अन्तर्गत ३०० बढी बिरुवा रोपिएको नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुम्रेले जानकारी दिनुभयो । सो अभियान अन्तर्गत बिरुवा रोप्ने ब्यक्तिले आफनो फोटो सामाजिक सन्जालमा हालेर अन्य युवाहरुलाई अभिप्रेरित गरेका थिए । सो अभियानलाई नेपाल युवा परिषदमा आबद्ध हुनुभएका सम्पुर्ण साथिहरु साथै अन्य सबै सम्पुर्ण साथीहरुले सहयोग गरेका थिए ।

नेपाल युवा परिषद, रुपन्देही शाखाका महासचिव अभिषेक त्रिपाठीले वातावरण संरक्षण गर्नमा युवाहरुले देश तथा विदेशबाट सहभागिता जनाई सहयोग गर्नु भएको बताउनुभयो । नेपाल युवा परिषद, प्रदेश नं. ५का संयोजक सोम गुरुङले बिश्व वातावरण दिवसको अवशरमा सम्पुर्ण युवाहरुले आफनो घर, आँगनमा विरुवा लगाई वातारण संरक्षणमा लागेको देख्दा ज्यादै नै हर्षित महसुश गरेको बताउनुभयो । त्यसैगरि आफुले रोपेको विरुवासँग फोटो खिचेर र फोटो र छोटो भिडियो बनाई नेपाल युवा परिषद, रुपन्देही शाखाको ईमेल पठाईएको थियो । फोटो र भिडियोलाई नेपाल युवा परिषद, रुपन्देही शाखाको फेसबुक पेजमा राखिएको छ । त्यसै गरि नेपाल युवा परिषदको युटयुब च्यानलमा पनि राखिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले बताउनुभयो साथै उहाँले यस अभियानले नेपालका सम्पुर्ण जिल्लामा सकारात्मक सन्देश फैलिएको विश्वास ब्यक्त गर्नुभयो ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।