वीरगञ्जमा मनाइयाे वातावरण दिवस

|

वीरगञ्ज / आज विश्व वातावरण दिवस। संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । दिवसका अवरसरमा शुक्रबार वीरगञ्जमा एक कार्यक्रम सम्पन्न भएकाे छ । वातावरणकाे क्षेत्रमा सक्रिय काम गर्दै आएकाे वातावरण जिउने आधार नामक संस्थाकाे आयाेजनामा वीरगञ्ज स्थित घण्टाघरमा सर्वसाधारणलाइ बिरूवा बाडिएकाे छ ।“म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु” भन्ने नाराका साथ बिरूवा बाँडिएकाे हाे । बढ्दाे औधोगीकरण सँगै वनजंगल तथा बाेटबिरूवा मास्सिने क्रम बढेकाे छ । वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले एउटा बिरूवाकाे जिम्मा लिने हाे भने वातावरण पुनः हरित हुने अभिप्रायले बिरूवा बाँडिएकाे संस्थाकी सचिव गरिमा पाण्डेले बताइन् ।

घण्टाघर चाेकमा भेला भएका करिब ५० जना सर्वसाधारणलाइ विभिन्न प्रजातीका बिरूवा बाँडिएकाे छ । त्यस्तै घण्टाघर चाेकमै अवस्थित बाबा रामजनम तिवारीकाे शिला वरिपरी विभिन्न बिरूवा राेपिएका थिए । वातावरण जिउने आधार वीरगञ्जका उपाध्यक्ष साैरभ गाेयलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश शर्मा, वातावरण जिउने आधारका केन्द्रिय अध्यक्ष आकाश चाैहान, उपाध्यक्ष रूपक पटेल, भाेलुन्टिर वीरगञ्जका संयाेजक राजन श्रीवास्तव लगायतकाले मन्त्वय व्यक्त गरेका थिए भने कार्यक्रममा संस्थाका केन्द्रिय सचिव रवि यादव, दिपु वर्णवाल, प्रभाकर राज, मयन्क राैनियार, आयुष वर्णवाल लगायतकाकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण प्रभाकर चाैरसियाले गरेका थिए ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।