सत्ताको जात्रा-मनोजकुमार कँडेल

|

शहरमा नौटकीवालहरुको बोलावाल छ
सत्ताको जात्रा चलेको छ
संबृद्धी र विकास जुम्ल्याहा जन्माउने रे
समाजबादी पाठो डोराएका छन्
थुप्रै मनुवाहरु पछिपछि लामा लस्करछन्
पाठो अघिअघि नौटकीवाल झनै अघि देखिन्छन् ।

समाजबाद, साम्यबादको डम्फु बजेको छ
ठूला ठूला जेलबासी नेलबासी मुठ्ठि उचालीरहेका
दशकौं बनबासी तपस्वीहरु प्रवचन दिईरहेका
सयौंमात्र होइन हजार्रौं भक्तजनहरु
विकासका, संबृद्धिका संसारीक प्रवचनहरुले
सुखका बाचारुपी भजनहरुले लठ्ठिएका, झुमिरहेकाछन् ।

शद्धे मानबमा लाज देखेको छु मैले
जब मगज सड्किन्छ, दिमाग भड्किन्छ
तब मात्र मानब नाङ्गै लुगा फुकालेर
सडकमा लुगा लागाएर हिड्नेलाई गिज्याउँछ
अन्ततः मनुवा बौलाउछ
अनि त्याहा लाज, शर्म सबै हराउछ ।

लाज छोपिएको पर्दा झरेको छ
बालुवाटारबाट खुमलटारेलाई कुरीकुरी रे
खुमलटारबाट बालुवाटारेलाई कुरीकुरी रे
कुरीकुरीको कटाक्षले शहरमा हासो मच्चिएको छ
कुरीकुरी कै होड र जोडमा
एकअर्काका जिवनभरका छलकपट उदांगीएको छ ।

पहिलो र दोस्रोको नापतौल हुदै छ रे
उत्तर र दक्षिणको आर्शिबादमा
पहिलोले अहंकारी रुपमा औलो तेर्सायो
त चोर त भ्रष्ट त मुर्ख त राष्ट्रघाती
दोस्रो विधानको नाममा बुरुक्कै उफ्रर्दै, म मात्रै ?
त पनि चोर, महाभ्रष्ट , मुर्ख, राष्ट्रघाती ।

प्रष्ट देखिन्थ्यो दुबैको अनुहार पापले पोतिएको
उनैका चार औलाले उनैलाई गिजाईरहेको
हजारौं सपुतहरुको बलिदानलाई धोका दिएर
विरतापूर्ण लडाईबाट प्राप्त प्रजातन्त्र, संविधान
तेरो र मेरो जुगाँको मपाइत्वामा
हत्या गरिएका प्रजातन्त्र, संविधान र आर्दशहरु
जलाउन उदन्ड भिडहरु
हत्याराको जयजयकार गर्दैछन् ।

मनोजकुमार कँडेल,

भक्तपुर, कटुन्जे

२०७७ पुष १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।