आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं / शुक्रबार २ सय ७८ जनामा कोरोना कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसै गरि प्रदेश न. १ मा २४२, प्रदेश न. २ मा ९९३,बागमती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५७, प्रदेश न. ५ मा ९६५, कर्णाली प्रदेशमा ४७९ र सुदुरपश्चिममा ९१ गरि जम्मा २९१२ नेपालमा कुल स‌ंक्रमित २९१२ पुगेको छ ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।