अमेरिका बोष्टनमा सुतीरहेको अवस्थामा एक नेपालीको दुखद निधन

|

अमेरिकामा सुतीरहेको अवस्थामा एक नेपालीको दुखद निधन भएको छ । पुर्वी झापा स्थायी घर भई म्यासाचुसेट्स बोस्टनको म्यासाचुसेट्स बस्दै आएका ४५ वर्षिय बासुदेव ढुंगानाको सुतीरहेको अवस्थामा दुखद निधन भएको हो । लामो समय क्यालिफोर्निया राज्य बस्दै आईरहेको ढुगाना दुई वर्ष अघि मात्र बोष्टन बसाई सरेका थिए ।

विगत लामो समय देखि अमेरिका बस्दै आएका ढुगानाको परिवार भने नेपालमै रहेका छन् । परिवारलाई नेपालबाट अमेरिका आउने प्रकृया चलीरहेको थियो भने उनका श्रीमति र दुई छोराछोरी छन् ।सोमबार राती आफ्नै कोठामा अकस्मात निधन भएको ग्रेटर बोष्टन नेपाली कम्युनिटीका अध्यक्ष अर्जुजंग कुवँरले एक सुचनाका साथ जानकारी गराएका छन् ।नेपालीकै घरमा डेरामा एक्लै बस्दै आएका ढुगाना राती खाना खान कोठाबाट सधै तल झर्ने गरेका थिए ।

घटनाको दिन राती अबेर सम्म पनि खाना खान तल नझरेपछि घरबेटीले ढोका ढकढकाउदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । ढुंगानाको शब पोष्टमार्टमका लागि अहिले बोष्टन स्थित अस्पतालमा राखिएको छ ।अचेत अवस्थामा अस्पताल पुर्याईएको उनको निधन भइसकेको थियो । ग्रेटर बोस्टन नेपाली कमिटीले ढुगानाको अकस्मात निधन प्रति दु:ख ब्यक्त गर्दै नेपाली समुदायलाई अपुरणीय क्षति पुगेको भन्दै शोक वक्तव्य जारी गरेको छ । साथै पारिवारिक सहयोग तथा दाह संस्कारको निम्ति गो-फण्ड खोली सहयोगको आह्वान गरेका छन् ।

सहयोगको निम्ति गोफन्ड लिंक –

https://www.gofundme.com/f/funeral-costs-for-late-basudev-dhungana?utm_medium=copy_link&utm_source=customer&utm_campaign=p_lico+share-sheet

२०७७ पुष ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।