ए. एन. ए. अध्यक्षमा सन् २०२१-२०२३ को निम्ति विजयराज भट्टराई निर्वाचित

|

उत्तरी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एसोसिएशन अफ नेपलिज इन अमेरिका’ (एएनए) को हालै सम्पन्न निर्वाचनबाट सन् २०२१-२०२३ को कार्यकारिणी समितिको अध्यक्षमा टेक्सासका विजयराज भट्टराई निर्वाचित भएका छन्।

आगामी जनवरी १ बाट कमिटिले पदभार ग्रहण गर्नेछ। प्राविधिक क्षेत्रमा बिशेस दखल राख्ने उनी कम्प्युटर इन्जिनियर तथा सूचना प्रविधिका ब्याबसायी पनि हुन्।

उनले अमेरिकाको नेपाली समुदाय माझ सामाजिक सेवामा निकै उल्लेखनीय कार्यमा आफूलाई सहभागी गराएर दह्रो रुपमा प्रस्तुत गरेका छन् ।

टेक्सासको डाल्लास निवासी उनी यस अघि टेक्सासको नेपाली समाजमा उपमहासचिव, महासचिव तथा स्कूलको प्रिन्सिपल भएर कार्य सम्पादन गरेका थिए।

सन् २०१४ बाट एएन ए को आजीवन सदस्यता लिएका उनले यस अघि एंएनए कै उपाध्यक्ष र महासचिवको भूमिका निर्वाह गरिसकेका छन्।

एनआरएनए को राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषद का समेत निकै जिम्मेवारीमा रहेर उनी समाहित कामहरु मध्ये अमेरिकामा नेपालीहरुको जनगणना, सन् २०१९ को एन आर एन निर्वाचनको सदस्यता फ्रड सम्बन्धी छानबिन को रिपोर्ट सवैले सम्झने कार्यहरु हुन् ।

एएन ए को निर्वाचनमा यस संस्थाको आजीवन सदस्यहरु मात्र सहभागी हुन् पाउने व्यवस्था छ।
सोही अनुसार सम्पन्न निर्वाचनको परिणाम डिसेम्बर १५ का दिन एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन कार्यसमिति यसप्रकार रहेका छन्।

विजय राज भट्टराई – अध्यक्ष
विजय कुमार श्रेष्ठ – वरिष्ठ उपाध्यक्ष
डा तुल्सी धरेल – क्यानडाका लागि उपाध्यक्ष
शैलेन्द्र बहादुर खत्री – उपाध्यक्ष पूर्वीय क्षेत्र
डा दुर्गा दाहाल – पश्चिमी क्षेत्रका लागि उपाध्यक्ष
डा चुणामणि खनाल – महासचिव
बिनय गौतम – सह सचिव
डा उषा शर्मा – कोषाध्यक्ष
राधा कृष्ण धमला – सहायक कोषाध्यक्ष
युवा संयोजक – लक्ष्मण लाल प्रधान

२०७७ पुष १, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।