कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।
नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।
९ महिनामा नेपाल-भारत नियमित उडान हुँदैछ, यात्राका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उहाँले भन्नुभयो ।
दिल्ली-काठमाडौँ नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको महसुस गरिएको छ र साथै हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् ।
केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उहाँल बताउनुभयो ।