
क्रिकेट खेलाडी पारस खड़काले फ़ेसबुक स्टाटस मार्फत कोरोना संक्रमित भएको बताएका छन् ।
उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले स्टाटसमा लेखेका छन् ।
उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।