बारामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

|

बाराको आदर्शकोतवाल गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा पछिल्लो अपडेट अनुसार बाराको आदर्शकोतवाल गाउँपालिकामा थप ७ जनामा कोरो संक्रमण पुष्टि भएको छ।

क्वारेन्टाइनमा रहेको सात जनामा बिहिबार बिहान कोरोना पोजेटिभ पुष्टि भएको जानकारी आएको छ । उक्त पालिकाको वार्ड नम्वर ४ मा १२ र २३ वर्षका दुई वार्ड नम्वर ५ मा २८र ३० वर्षका दुई तथा वार्ड नम्वर ८ मा १८, २०, ३० वर्षका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जेष्ठ १४ गते ५४ जनामा पिसिआर चेक गरेकोमा उनीहरुमा कोरोना पुष्टि भएको हो। भारतको बिभिन्न ठाँउबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए। संक्रमितमध्ये १ जना महिला र ६ पुरूष भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ। अहिले उनीहरुको आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित रहेको श्री रामचरित्र माबिको आईसोलेसनमा राखी उपचार भईरहेको छ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।