क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

|

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ। क्रिकेटर लामिछानेले ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो ।

मलाई कोभिड १९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो।

तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छु,आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं लामिछानेले लेख्नुभएको छ, सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु, तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।

२०७७ मंसिर १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।