बिश्व प्रसिद्ध भकुन्डो खेलाडी डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ ।
म्याराडोनालाई भकुण्डो खेलको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुमध्ये एक मानिन्छ । उनकै कप्तानीमा उनको देश अर्जेण्टिनाले सन् १९८६ को विश्व कप फूटबल प्रतियोगीता जितेको थिए।
यस महिना मष्तिष्कको शल्यक्रिया गरेकोले उन्को हृदयघात बाट निधन भएको उनका वकिलले वताएका छन्।
उनको मृत्युमा संसार भरिका खेलप्रेमीहरुले खेल जगतमा अतुलनीय क्षति भोग्नु परेको भन्दै दु:ख ब्यक्त गरेका छन्।