अदालती सुनुवाई जुन २६ सम्म स्थगित

|

युएससीआईएसले जुन ४,२०२० देखी आफ्ना केही फिल्ड अफिसहरु खोल्ने भएको छ । युएससीआईएसले केही मापदण्डहरु तोकेर जुन ४ देखी सेवा सुचारु गर्ने तयारी गरेको हो । जस अन्तरगत सेवाग्राहीहरुलाई ५ वटा मापदण्ड पूरा गर्न सुझाव दिइएको छ ।

युएससीआईएसका फिल्ड अफिसहरु, एसाइलम अफिसहरु र एप्लीकेशन सर्पोट सेन्टरहरु बन्द हुनुका साथै बायोमेट्रिक अप्वाइन्टमेन्ट, अन्तरवार्ता, नागरिकता वितरण समारोह र अन्य अप्वाइन्टमेन्टहरु स्थागित गरिएका छन् । सबै अप्वाइन्टमेन्ट, अन्तरवार्ता, नागरिकता वितरण समारोह लगायतका लागि युएससीआईएसले नयाँ सुचना पठाउनेछ ।

पहिलो, सेवाग्राहीलाई खोकी, ज्वरो, स्वासप्रश्वासमा समस्या जस्ता कोभिड १९ का लक्षण भएमा, विगत १४ दिनमा कोरोना संक्रमित वा आशंका भएको व्यक्तिको सम्पर्कमा आएको भएमा वा विगत १४ दिनमा सेल्फ आइसोलेसन वा सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको अवस्थामा युएससीआईएसको अफिसमा नआउन सुझाव दिइएको छ ।

दोश्रो, सेवाग्राहीहरुलाई अप्वाइन्टमेन्टको समयभन्दा १५ मिनेट अगाडिमात्र आउन सुझाव दिइएको छ । नागरिकता वितरण समारोह भएमा ३० मिनेट अगाडि आउन सुझाव दिइएको छ ।

तेश्रो, कार्यालय छिर्ने बेलामा सेबाग्राहीहरुलाई ह्याण्ड सेनिटाइजर उपलब्ध गराइने र सबैलाई सेनिटाइजर प्रयोग गरेरमात्र कार्यालय छिर्न सुझाव दिइएको छ ।

चौथो, कार्यालयमा छिर्दा नाक र मुख छोप्नेगरी मास्क लगाउन वा मास्क नभएमा अन्य कपडाले मुख छोप्न सुझाव दिइएको छ । सेवाग्राहीलाई फोटो लिने बेलामा वा परिचय सुनिश्चित गर्ने बेलामा केहीबेर मास्क वा अनुहार छोपेको कपडा हटाउन लगाइनेछ । कार्यालयमा छिर्दा सामाजिक दुरीका मापदण्ड समेत पालना गर्नुहुनेछ ।

पाँचौं, सेवाग्राहीलाई कार्यालयमा आउँदा निलो वा कालो मसी भएको आफ्नै कलम ल्याउन सुझाव दिइएको छ । अमेरिकाका अध्यागमन अदालतहरुमा हिराशतमा रहेकाहरुबाहेक अन्यका अदालती सुनुवाईहरु जुन २६ सम्म स्थगित गरिएको छ । होनोलुलुको अध्यागमन अदालतमा भने सबैका अदालती सुनुवाईहरु जुन १५ बाट सुचारु हुनेछन् ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।