दिदिबहिनी का कुरा सुनौ -डा. प्रगति घिमिरे

|

“दिदिबहिनी का कुरा “नेपाली महिलाहरुका बारेमा एक सशक्तिकरण वार्ता कार्यक्रम हो, यो जहाँ युवा महिला दिदिबहिनिहरुको कठिनाइ र चुनौतीको सामना गर्दै अगाडी बढिरहेको महिला सशक्तीकरण, संघर्षका कथा एंव उपलब्धिहरूका बारे कुराकानी गरिने एउटा नयाँ प्लेटफर्म हो ।

हरेक व्यक्तिहरूका आफ्नै संघर्षका कथाहरू हुन्छन् र गाउँघर देखी शहर हुदै देश विदेश तथा अन्तर्राष्ट्रीय डायस्पोरा सम्म रहेका दिदिबहिनि हरुको प्रेरणादायी कथाहरु शेयरिंग लगायत उनिहरुको दैनिक जिवनमा एक दम्पती, एक छोरी, एक बहिनी, एक आमाले भोग्ने गरेका कथाहरू सुनेर समस्याका समाधान पहिचान तथा सामाजिक अनुसन्धान गर्न त्यसलाई सकारात्मक ढंगले सामाजिक संजाल मार्फत समाज रूपान्तरण गर्ने शुरुआत गरेको अमेरिका फ़्लोरिडा निवासी आउटरीच एण्ड कम्युनिकेसन प्रमुख डा प्रगति घिमिरेले जानकारी गराउनु भएको छ ।

नेपालका विभिन्न गाउँ तथा शहरहरु देखी प्रेरणादायी कथाहरू संकलन गरि एक अर्काबिच आदान-प्रदान गर्ने समाजमा घटिरहेका अदम्य घटनाहरुको सवालमा सहजिकरण गर्ने उध्येश्य यस कार्यक्रमको रहेको छ ।

यस कार्यक्रमका टिम सदस्यहरुमा भिडियो डिजाइन / सम्पादन एरिज़ोना निवासी संजु तिमिल्सिना, कोलोराडो राज्यबाट नव तिम्सिना, ओहियो राज्यबाट विवेक पौड्याल
काठमाडौं, नेपालबाट प्रत्युषा घिमिरे र अनुपमा महत जोडिएका छन् ।
यस पहिलो ईपिसोडमा नेपालका एक साहसीक एंव सक्रिय सामाजिक अभियन्त भावना राउत संग कुराकानी गरिएको छ ।

राउत “अझै कति सहने “भन्ने अभियानको नेतृत्व गरिरहेकी छिन् र “अझै कति सहने “ वर्तमान कानूनमा समयानुकूल परिवर्तन मात्र होइन पिडीत पक्षलाई अनुभूत हुनेगरी कानूनको अक्षरसः पालना हुन पर्दछ भन्ने आन्दोलनको लागि लडिरहेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

२०७७ मंसिर ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।