ट्रम्प प्रशासनले चिनिया विमानहरुलाई अमेरिका उडानका लागि प्रतिवन्ध

|

विश्व भर कोभिड १९ को महामारी संगै अमेरिका र चीनवीच तनाव वढ्दै जांदा ट्रम्प प्रशासनले चिनिया विमानहरुलाई अमेरिका उडानका लागि प्रतिवन्ध लगाएको छ । जुन १६ बाट लागु हुने गरी यो प्रतिवन्ध लागु हुने अमेरिकी यातायात मन्त्रालयले जनाएको छ । चीनले अमेरिकी विमानहरुलाई सेवा सुचारु गर्न अनुमति दिन अस्वीकार गरेपछि अमेरिकाले पनि सो प्रतिवन्ध घोषणा गरेको हो । यो प्रतिवन्धले एयर चाइना, चाइना इष्टर्न एयरलाइन्स लगायत सात वटा विमान कम्पनीलाई असर गर्नेछ । डेल्टा र युनाइटेड एयरले जुनको सुरुवाट चीन उडान भर्न चाहेका भएपनि चीनले अनुमति दिएको छैन । अमेरिकी विमानहरुले ट्रम्प प्रशासनले चीन भ्रमणमा प्रतिवन्ध लगाएपछि फेव्रुअरी सुरुवाट चीन उडान रोकेका थिए ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।