खजुरामा शुक्रबारदेखि भलिबल प्रतियोगिता शुरु

|

खजुरा । सचेत युवा मन्चको आयोजनामा खजुरामा शुक्रबारदेखि भलिबल प्रतियोगिता शुरु भएको छ । खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ ।

शुक्र भलिबल स्टेडियमा संचालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले उद्घाटन गर्दै विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताउनुभयो । प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताउनुभयो ।

मन्चका अध्यक्ष मन प्रकाश रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गर्नुभएको थियो । प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ । प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।

२०७७ कार्तिक २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।