अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ ।
कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् ।
खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ ।
बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्ष र कप्तानले सकारात्मक नतिजाका लागि खेल्ने बताएका थिए ।
बंगलादेश फुटबल फेडेरेसनलमा निमन्त्रणामा नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न एक साताअघि बंगलादेश पुगेको थियो ।
२०७६ चैत यता नेपालले कुनै प्रतियोगिता खेलेको छैन । विश्वभर फैलिएको कोरोना महामारीले फुटबल लगायत सबै खेल गतिविधि प्रभावित बनेको छ ।
यस्तोमा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलले नेपाली खेलकुदलाई नै सकरात्मक उर्जा प्रदान गर्नेछ ।
यस पटक नेपाली टिमा पुराना र नयाँ खेलाडीको मिश्रण छ । कोरोना संक्रमण र चोटका कारण ८ सिनियर खेलाडी टिममा छैनन् ।
यस्तै ८ नयाँ अनुहार टिममा छन् । बिगतमा बंगलादेश नेपालमाथि हावी भएपनि पछिल्ला खेलहरुमा नेपालले पनि खेल जित्न थालेको छ ।
अहिलेसम्म नेपाल र बंगलादेश कूल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ ।
सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।