हार्दिक बधाई तथा शुभकामना – उत्तम कार्की

|

प्रिय श्री राष्ट्रपति-नब निर्वाचित जो बाईडेन ज्यु र उपराष्ट्रपति कमला ह्यार्रिस ज्यु !
यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना!

तपाइँहरुको जीतको लागि हामी सबै नेपाली अमेरिकन र चुनाब क्यम्पिनियर को तर्फ बाट हार्दिक बधाई दिन चाहन्छौ र तपाइँ हरुको सफलताको लागि हाम्रो शुभकामनाहरू जुन तपाइँ र तपाइँ हरुको उच्च कार्यालयको जिम्मेवारी र चुनौतीहरू लिन तयार हुनुहुन्छ।

जब तपाईं हरु आफ्नो नयाँ जिम्मेवारी लिनुहुन्छ, तपाईं हरुले अमेरिकी सरकार र जनताको आर्थिक,सुख ,शान्ति खुसि ,मैत्री सम्बन्धको बिकासको निरन्तरता दिनु हुनेछ भन्ने आशा र अपेक्षा गरेका छौ ।

संयुक्त राज्य अमेरिकाको राजनैतिक प्रणाली र प्राय: अन्य विकसित प्रजातन्त्रको बीचमा ठूलो भिन्नता छ।

यसमा व्यवस्थापिकाको माथिल्लो सदनको बढ्दो शक्ति, सर्वोच्च अदालतले राखेको अधिकारको व्यापक क्षेत्र, व्यवस्थापिका र कार्यपालिका बीचको अधिकार अलग हुनु र केवल दुई मुख्य दलहरुको प्रभुत्व शामिल छ।

संयुक्त राज्य अमेरिका संसारको विकसित प्रजातन्त्रहरु मध्ये एक हो जहाँ तेस्रो पक्षहरुमा कम राजनीतिक प्रभाव छ।

तपाईहरुले अमेरिकाको आत्मालाई पुनर्स्थापित गर्नुपर्दछ ,सारा संसारले अमेरिका हेरिरहेको छ र मतदाताहरुले आशा र एकता, शालीनता, विज्ञान, सत्य लाई विश्वास गर्दै तपाईहरुको छनौट गरेका छन् ।

यतिबेला समय चुनौतीपूर्ण भएको छ र यो आम प्रजातन्त्र को जित हो, साथै सम्पूर्ण आप्रवासीहरुको जित हो।

यसैगरि प्रथम दक्षिण एसिएन मूलकी कमला ह्यारिस को उप राष्ट्रपति पदको विजयीले अमेरिकाको २४४ बर्षको ईतिहासमा पहिलो पटक यसरी उच्च पदमा पुग्न सफल भएको छ।
अन्तमा यो इतिहास तयार पार्न लाग्नु हुने अमेरिकी मतदाता
र नेपाली अमेरिकन फर बाईडेन टिम सम्पूर्णलाई धेरै बधाई तथा शुभकामना!!

धन्यबाद !
उत्तम कार्की
संयोजक
क्यालिफोर्निया राज्य उत्तर क्षेत्र प्रचार प्रचार समिति
Chair (Northern California)

२०७७ कार्तिक २३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।