ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले सबै भन्दा सस्तो अनलाइन प्ल्याटफर्म शुरुवात

|

हाल विश्वब्यापी संकट निम्त्याउने गरि फैलिएको कोभिड १९ नामक कोरोना भाईरसको महामारीको प्रभावले नेपालमा पनि उच्च जोखिममा रहेको छ ।
यसै महामारीलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले मिति २०७६/१२/११ देखि बन्द बन्दी (Lockdown) को घोषण गरि सबै नागरिकलाई आआफ्नो घरमै बस्न निर्देशन दिएको छ । नेपाली जनताले कोभिड १९ को त्रास सँगै अन्य निकै कष्ट बेहोरीरहेका छन् । कयौ व्यक्तिहरुलाई जीवन गुजारा गर्न समेत कठिनाइ रहेको अवस्था छ । यस्तो विषम परिस्थितिमा आम नागरिकलाई दैनिक रुपमा आवश्यक पर्ने उपभोग्य सामाग्रीहरु खरिद गर्न समेत असुरक्षाको वातावरण छ । साथै कयौं मानिसहरु कालोबजारीको चपेटामा समेत परेका छन् । सामन्य आवश्यकताका सामग्रीहरुलाई समेत चर्को मुल्य तिर्न बाध्य छन् ।

तसर्थ हालको समसामयिक अवस्थालाई मध्यनजर गरि ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले आफ्नो अनलाइन प्ल्याटफर्म “सबैभन्दा सस्तो” मार्फ़त दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्न, तरकारी लगायतका दैनिक उपभोग्य सामाग्रीहरु ग्रहाकको माग बमोजिम घर घरमा नाम अनुरुप न्युनतम मुल्यमा बिक्रीवितरण तथा डेलिभरी गरिदिने व्यवस्था गरेका छ। नेपालमा नै केही गर्नु पर्छ र राष्ट्र समृद्ध बनाउन युवाको अहम भूमिका रहनेछ भन्ने मुख्य मान्यताका साथ विभिन्न जागरुर युवाको समूह द्वारा संचालित ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले “सबैभन्दा सस्तो” लाई नेपालको बिशाल साझा अनलाइन बजारको रुपमा स्थापित गर्ने सोच रहेको बताएका छन् । उपभोक्ता मात्र नभई व्यवसायी वा व्यापारीलाई पनि सबैभन्दा सस्तो लाभदयी रहेको छ ।

उपभोक्ता तथा ब्यापारी (बिक्रेता) लाई सबैभन्दा सस्तोले विविध सामाग्री अनलाइन खरिद तथा बिक्री गर्ने साझा प्ल्याटफर्म तयार गरेको छ । सबैभन्दा सस्तोमार्फत सामान्यतया हाम्रो जिवनशैलीमा आवश्यक पर्ने सम्पुर्ण उक्त प्ल्याटफर्म मार्फत अन्लाईन खरिद बिक्री गर्न सकिनेछ । जसमा ग्राहकले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न पाउनेछन तथा बिक्रेताले आफ्नो उचित मूल्य पाउनेछन । बिक्रेताको रुपमा विविध सामाग्री सँग सम्बन्धित उद्योगी, कृषक, उत्पादक, डिष्ट्रिब्युटर, होलसेल तथा खुद्रा ब्यापारी, आयातकर्ता, डिलर आदिले सदस्यता लिइ बिना भेदभाव आफ्नो व्यवसाय दर्ता गर्न पाउनेछन् र अनलाइन बजार मार्फत व्यवसाय वृद्धि गर्न पाउनेछन् ।

नेपाली उत्पादनलाई प्रोत्सानस्वरुप तथा जोखिम न्यूनीकरण गर्न स्थानीय फलफूल तरकारी फार्मबाट खरिद गरेका ताजा तरकारी फलफूल तथा नेपालमै उत्पादित अन्य खाद्य वस्तु खरिद गरी सिधै उपभोक्ताको घरदैलोमा पुर्याउने बताएको छ ।

Covid-19 को संक्रमणलाई मध्यनजर गरि ग्राहक तथा कर्मचारीको सुरक्षाका लागी सुरक्षा उपकरण प्रयोग गरि सुरक्षीत भइ सामान खरिद, ढुवानी, भण्डारण, सरसफाइ, डेलिभरी गर्ने छ ।उक्त कार्य गर्दा प्रयोग गर्ने PPE gown ब्यालेन्स ग्रुप अफ कम्पनीजलाई राष्ट्रिय आविष्कार केन्द्रले प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको PPE तथा covid-19 को मेडिकल परिक्षणमा आवश्यक अन्य सामाग्रीको निर्माणमा समेत ब्यालेन्स ग्रुप अफ कम्पनीजले साथ सहयोग गरिरहेको छ। तथा यो बन्दा बन्दी आवधी भरको मुनाफाको १०% राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

मानवता प्रवर्द्दन महाअभियानमा समर्पित भई मानवसेवा आश्रमले सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणकालागी निरन्तर कार्यरत छ । कयौं सहयोगापेक्षी मानवको रक्षक बनेको मानव सेवा आश्रमले सबैको लागि खाना नाना छाना भन्ने उदेश्यका साथ हाल कोभिड १९ ले सृजना गरेको संकटको बेलामा समेत काठमाडौमा रहेर दैनिक जीवन गुजारा गर्न कठिन भएका र बेसहरा मानिसहरु भोकै नरहुन भनी दिनको २ पटक सडक भोजन सेवा प्रदान गर्दै आइरहेको छ ।

मानवसेवा आश्रमको यो पवित्र सामाजिक कार्यलाई साथ सहयोग गर्नकालागी ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले “सबैभन्दा सस्तो” मार्फत मानवसेवा प्याकेज तयार गरेको छ । दैनिक १५ जनाको भोक मेटाउन आवश्यक पर्ने खाद्य बस्तुहरुको एक प्याकेज बनाइ आश्रमलाई सहयोग गर्न मिल्ने व्यवस्था गरेको छ । जस अन्तर्गत लागत भन्दा निकै कम मुल्य रु ५८५/- को एक प्याकेजले १५ जनाको भोक मेटिनेछ । ग्राहक/दाताले खरिद गर्नु भएको प्याकेज सबैभन्दा सस्तोले मानवसेवा आश्रमलाई हस्तान्तरण गर्नेछ । हाल सम्म ३०० मानवसेवा प्याकेज हस्तान्तरण गरिसकेको छ जसमा ४५०० जना असाहाय को भोक मेटिएको छ ।

यसै परिस्थितिलाई मध्यनजर गर्दै सबैभन्दा सस्तो मार्फत कम्पनीले सुरुवात गरेको कदममा साथ दिन र आफू सुरक्षीत रहन आग्रह समेत गरेको छ। दैनिक उपभोग्य सामाग्रीहरु आवश्यक परेमा सम्भव भएसम्म पर्याप्त सामाग्री सुपथ मुल्यमा प्रदान गर्ने प्रतिवद्धता समेत ब्यालेन्सका कार्यकारी प्रमुख परिवेश पौडेलले जनाएका छन् ।
Covid-19 को संक्रमणबाट सुरक्षित रहन सम्पुर्ण व्यक्तिहरुलाई घरमा नै बस्न र नेपाल सरकारको निर्देशिका लाई पालन गरि साथ दिन आग्रह गरेका छन् र एक सच्चा नागरिकको भूमिका निभाउन सबैले आ आफ्नो स्थानबाट लागौ भन्ने सन्देश दिएका छन्।

२०७७ जेष्ठ २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।