
ताजा जानकारी अनुसार डेमोक्रेटका जो बाइडेन मिसिगनमा पनि बिजयी भइसकेका छन् । उनले रिपब्लिकन दलका प्रतिद्वन्धि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै बिजय हुने कुरामा ढुक्क छन् ।
बाइडेनले सामाजिक संजाल मार्फत भनेका छन् म विश्वस्त छु हामी विजयी हुनेछौं, तर यो मेरो विजय वा हाम्रो जीत एक्लो हुने छैन। यो अमेरिकी जनताको लागि, हाम्रो प्रजातन्त्रको लागि, अमेरिकाका लागि विजय हुनेछ।
मिसिगन बिजयीसंगै उनले निर्वाचकीय मत (ईलेकटोरल भोट) १६ प्राप्त गर्दै कूल २६४ निर्वाचकीय मत प्राप्त गरिसकेका छन् ।
नोभेम्बर ३ को चुनाव सम्पन्न पछि ट्रम्पले मिसिगन र विस्कनसिनमा अग्रता लिएका थिए भने अहिले बाईडेन अग्रिम रुपमा आईरहेका छन् र उनको विजय निश्चित छ ।